सेनापति थापाले सार्वजनिक गरे सम्पत्ति विवरण

Long Default Ad 1200x105

काठमार्डौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको सेवाबाट अवकाश लिन केही समय बाँकी हुदा पछिल्लो अद्यावधिक सम्पति विवरण सार्वजनिक गरेका छन् । 

लम्जुङ बेँसीशहर नगरपालिका-२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौं महानगरपालिका-२६ लैनचौरमा घरसहित ०-८-३-२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६।५२ वर्गमिटर जग्गा रहेको छ ।

उनको लम्जुङ बेँसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौं महानगरपालिका २६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०-२-०-२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका २ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४।५७ वर्गमिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीशहर नपा-२ पैत्रिक १-०-१-३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जगगा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

महारथी थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र १४ लाखमा खरिद गरिएकोसमेत औठीसहित हीरा हार छ । 

उनीहरूसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा  २० लाख २२ हजार ३८१ र अमेरकी डलर छ हजार ७० रहेको छ ।

प्रधानसेनापति थापा र दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनीहरूले नेपाल बैंकबाट  एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन  ३० लाख ऋण लिएकामा  १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ । 

श्रीमती दीपाको रु २० लाख र छोरा रौनकको रु ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट  ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट  १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।

उनले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक छन् । 

तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । रासस

Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २२ भाद्र २०७८ ०६:२३:४४ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel