उडान गर्नलागेको विमानको पखेटामा एक युवक बसे पछी

Long Default Ad 1200x105

एजेन्सी | लास भेगसदेखि पोर्टल्याण्डको लागि उडान तय गरिएको अलास्का एयरलाइन्सको विमानको पखेटामा एक युवक बसेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ | शनिबार ठिक विमान उड्नु भन्दा अगाडी उनी उक्त विमानको पखेटामा बसेको विमानस्थलका प्रवक्ताले बताएका छन् |

१३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी गरिरहेको बेला विमान चालकले एक व्यक्तिलाई विमानमा चढिरहेको देखे र कन्ट्रोल टावरलाई यसबारे जानकारी दिएका थिए | लास भेगस महानगरीय प्रहरी विभाग र विमानस्थलका अधिकारीले ती व्यक्तिलाई हिरासतमा लिएको  विमानस्थलका प्रवक्ता जो राचेलले सीएनएनलाई बताएका छन् |

सामाजिक संजालमा देखिएको उक्त भिडियोमा ति युवक विमानको पखेटामा हिँडिरहेको र बसिरहेको देख्न सकिन्छ | त्यसपछि उनले उक्त पखेटाको चुच्चोतिर चढ्नका लागि आफ्ना मोजा र जुटा खोलेको देख्न सकिन्छ | प्रहरी अधिकारी  पुगेपछि ती व्यक्ति विङ्लेटबाट चिप्लिँदै तल झर्ने कोसिस गरेँ र भुइँमा पछारिएको भिडियोमा देखिएको छ | उनलाई विमानस्थल प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ |

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०९:१८:१७ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel