शौचालयमा लडेर वडाध्यक्षको मृत्यु

Long Default Ad 1200x105
sapta koshi cement

बुटवल। शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो ।


लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ।


अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडाले जानकारी दिए । उनको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो । उनी क्यान्सरका रोगी भएको बताइएको छ । बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: साेमबार ६ मंसीर २०७८ २१:५३:४३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105