हुन्डाई मोटर्सको ‘अल न्यु टुसान’ नेपालमा सार्वजनिक

Long Default Ad 1200x105

काठमाडौं । हुन्डाई कम्पनी मोटर्सको ‘अल न्यु टुसान’ नेपालमा सार्वजनिक भएको छ । हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको हो  । हुन्डाईले फ्यूचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडलको रुपमा मानिदै आएको छ ।

‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेसन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिँडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा नयाँ जेनेरेसन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ । जसमा जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जीएलएक्स टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यसको सुरुवाती भेरियन्ट जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सी र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टि एयर मोड सिस्टम, एम्बियन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद् यात्रा गराउने कम्पनीको भनाइ छ ।

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०७:५८:२४ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel