बढ्यो नेप्से परिसूचक, ५ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

Long Default Ad 1200x105

 काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक ३ दशमलव ९० प्रतिशतले बढेको छ ।

घटेर कारोबार शुरु भएको बजार अपरान्ह १ : ३० बजेपछि बढ्न शुरु गरेको हो । यो समाचार तयार पार्दाको समय अपरान्ह २ :१४ बजेसम्ममा नेप्से परिसूचक  ३ दशमलव ९० प्रतिशत अर्थात् ११० दशमलव शून्य ५ अंकले बढेको छ । 

अर्थमन्त्री जनार्दन शर्मासँग सोमवार भएको टेलिफोन वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो ऋणको व्यवस्था सच्याउने प्रतिबद्धता गरेलगत्तै शेयरबजार बढ्न थालेको हो ।

उक्त अवधिसम्ममा एचआईडीसीएललगायतका पाँच ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ भने सानिमा लाइफ इन्स्योरेन्सलगायत नौ ओटा कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । 

आइतवार शेयर बजार नकारात्मक सर्किटपछि सुधारिएर २ हजार ८१८ दशमलव ७२ विन्दुमा बन्द भएको थियो । बजार घट्दा लगानीकर्ता आत्तिएका थिए । 

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०९:४३:०३ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel