ओरालो लाग्यो नेप्से

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । साताको कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार ओरालो लागेको छ। बिहीबार कारोबार मापन परिसूचक (नेप्से) ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा पुगेको छ।

बुधबारसम्म निरन्तर उकालो लागेको सेयर बजार बिहीबार भने घटेको हो।

आज (बिहीबार) २२४ कम्पनीको ९८ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। बिहीबार ६० करोड ४४ लाख रुपैयाँभन्दा बढी रकमको खरिदबिक्रीसहित नेपाल टेलिकम अग्रस्थानमा रह्यो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा महालक्ष्मी विकास बैंक र अपर तामाकोशी परेका छन्।


बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ७ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार भने ६ अर्ब २७ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार अन्य समूह बाहेक अरु सबै समूहका उपसूचकहरु ओरालो लागेको छ। बिहीबार सबैभन्दा बढी जलविद्युत समूहको उपसूचक २.८४ प्रतिशतले ओरालो लाग्यो।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार २ मंसीर २०७८ २१:४६:४७ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105