शेयर बजार उच्च अंकले गिरावट

Long Default Ad 1200x105

 काठमाडौँ । सोमबार कीर्तिमानी छलाङ मार्दै बढेको शेयर बजार परिसूचक नेप्सेमा साताको तेस्रो दिन भने ठूलो गिरावट आएको छ ।

आइतबार १०८।२६ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो । मंगलबार भने ४४।१८ अंकले घटेर बजार २९३६।६० विन्दुमा झरेको छ । मंगलबार बजार १।४८ प्रतिशतले गिरावट आएको हो । 

मंगलबार कारोबार रकममा समेत ठूलो कमी देखिएको छ । यस दिन मात्र ७ अर्ब ४९ करोड रुपैयाँको मात्र कारोबार भएको छ । 

मंगलबार कुल २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबारबाट १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।

मंगलबार होटेल तथा पर्यटन, ननलाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । म्यूचअल फण्ड र अन्य समुहबाट मंगलबार सबै उपसमूह राताम्मे रहे । 


Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २२ भाद्र २०७८ ०९:५७:०४ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel