भीसा खुल्यो अस्ट्रेलिया र जापान जान विद्यार्थीलाई

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । उच्च  शिक्षामा  जान  चाहने  विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ ।


यी  दुवै  मुलुक  उच्चशिक्षाका  लागि  विदेशिन  चाहने  नेपाली  विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी  विदेशीका  लागि  पर्यटक  भीसाबाहेक  अन्यका  लागि  बोर्डर खुला गरिसकेको छ । दुवै सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने मङ्गलबार पत्रकार सम्मेलन गरेर पाण्डेले बताए ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ १०:३८:२५ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105