प्रमाणतह नर्सिङका लागि भर्ना खुल्यो

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणतह नर्सिका लागि विद्यार्थी भर्ना खुला गरेको छ । सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ। 

सिटिइभिटीले पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र सिटिइभिटीमा आवेदन दिन सकिने सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिए।

सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। यी सबै कलेजमा गरी सिटिइभिटीले करिब १६०० सिट छुट्याएको छ।

आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका हुन्। 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ १६:११:१९ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105