वाणिज्य बैंकमा जागिर खुल्यो, ८१४ कर्मचारी माग

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।


बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।


सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।


वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ ।


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: आइतबार १४ कार्तिक २०७८ ०८:४९:२५ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105