इजरायल जान नेपाली कामदारको भाषा परीक्षा आज हुँदै

Long Default Ad 1200x105

काठमाडौँ । रोजगारीका लागि इजरायल जान सञ्चालन गरिने अंग्रेजी भाषाको परीक्षा आज सोमबार हुने भएको छ । 

इजरायलमा दीर्घकालीन सेवा केन्द्रमा रोजगारीका लागि गरिने अंग्रेजी भाषाको परीक्षा वैदेशिक रोजगार विभागले तोकेको भदौ २८ गते दिउँसो १ बजेदेखिको हुने भएको हो ।

विभागले उक्त परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले संचालन हुने जनाएको छ । र, यसको रिजल्ट परीक्षाफल २ दिनभित्रै निकाल्ने बताइएको छ ।

आकर्षक श्रम गन्तव्यका रूपमा हेरिएको इजरायलको परीक्षाका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । 

७ हजार ९ जनामध्येबाट पनि १६ सय जनालाई रोस्टरमा पठाइने छ भने त्यसमध्येबाट पनि मौखिकबाट छनौट गरी १४ सय जनाको रिजल्र्ट विभागले इजरायल पठाउने छ । र, इजरायलले लिखित र मौखिक परीक्षामा पास भएका तिनै १४ सय जनाबाट उत्कृष्ट १ हजार जनालाई छनौट गर्ने छ।

विभागका अनुसार आजको लिखित परीक्षा पास गरेपछि विभागले मौखिक गर्छ । अंग्रेजी भाषाको परीक्षा ८० पूर्णाङ्कको हुनेछ भने २० पूर्णाङ्कको अन्तर्वार्ता अर्थात् मौखिक हुन्छ । पास हुनको लागि ८० पूर्णाङ्कमा ५० प्रतिशत ल्याउनु पर्छ अर्थात् ४० नम्बर ल्याउनु पर्ने हुन्छ ।

परीक्षा काठमाडौंका विभिन्न विद्यालय तथा कलेजहरुमा हुने भएको छ, अर्थात् ११ वटा स्थानमा १६ वटा केन्द्रहरु तोकिएको छ ।


Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २८ भाद्र २०७८ ०४:३४:२२ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel