अभिनेत्री कपूर भन्छिन,महिला सम्मानको लागी ‘सीता’ को भूमिकामा १२ करोड मागे

Long Default Ad 1200x105

अभिनेत्री करीना कपूरले १२ करोड माग्नुको कारण मुख्य महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् ।

अभिनेत्री कपूरले आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् । 

उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो । 

‘रामायण’ को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन् ।

उनले भनिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ । 

पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन् । यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो ।’

‘सीता’को भूमिका करीनाले निभाउने भएपछि धर्मका विषयलाई पनि जोडेर विरोध गरिएको थियो । 

Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ ०६:५२:१४ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel