आर्यनको जीवनलाई ट्रयाकमा ल्याउँन अरफीनको 'इन्ट्रि'

Long Default Ad 1200x105
sapta koshi cement

एजेन्सी । क्रुज ड्रग्स मुद्दामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानत पाएको झण्डै एक महिना भइसकेको छ । यसैबीच, उनीहरुको बारेमा केहि नयाँ जानकारी बाहिर आएको छ । पछिल्ला केही दिनदेखि शाहरुख-गौरीले आर्यन खानलाई पहिलेको जीवनमा फर्काउनको लागि आफ्नो निगरानीमा राखेको खबर आएको थियो ।  

ईटाइम्सको रिपोर्ट अनुसार आर्यन खानको जीवन शैलीमा परिवर्तन गर्नको लागि आर्यनलाई चाँडै अरफिन खानसँग भेटाउन लागेका छन्।  अरफीन खानले धेरैको जीवनलाई नयाँ रुप दिएका छन् । ऋतिक रोशनलाई पनि अरफीन खानले सेसन दिन थालेपछि अरफीन खान चर्चामा आएकी थिइन् । रिपोर्टका अनुसार सुजैन खानसँग डिभोर्स भएपछि ऋतिक रोशन पहिले अरफीनसँग गएका थिए । अरफिनको सेसनमा जोडिएपछि बिस्तारै ऋतिक रोशनको जीवन पनि ट्रयाकमा आउन थालेको थियो । 

जमानत पाएपछि आर्यन खान आजकल आफ्नै घरमा थुनिएका छन् । शुक्रबार मात्र आर्यन एनसीबी कार्यालयमा उपस्थित हुन घरबाट बाहिर निस्किन्छन् । आफ्नो जन्मदिनमा पनि आर्यन खानले एनसीबी कार्यालयको चक्कर काट्नु परेको थियो । 


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार ९ मंसीर २०७८ १०:५१:३८ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105