म्यानेचेष्टर युनाइटेड विजयी हुँदैं १६ स्थानमा

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानेचेष्टर युनाइटेड विजयी हुँदैं युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ स्थानमा पुगेको छ । 

मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २–० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको  नकआउट चरणमा स्थान पक्का गरेको हो । 

युनाइटेडको जतमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १–१गोल गरे ।  खेलको  ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । रोनाल्डोको यो ८०० औँ खेल हो । 

९० मिनेटपछि थपिएको समयमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । जितसँगै अन्तरिम प्रशिक्षक माइकल क्यारिकले पहिलो प्रशिक्षणमा युनाइटेडलाई जित दिलाउन सफल भए ।    


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ १७:२५:४८ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105