पदक जित्नबाट चुकिन् पलेशा

Long Default Ad 1200x105

काठमाडौं । जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेज फाइनलमा पराजित भएकी छन् । के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशा कास्य पदकका लागि भएको रिपेज फाइनलमा चिनिया खेलाडी युजी लिसँग १२–९ ले पराजित भएकी हुन् ।

टोकियोमा भएको खेलमा पलेशाले पहिलो राउण्डमा ४–२ ले अग्रता बनाएकी थिइन् । तर दोस्रो राउण्डमा लय कायम राख्न नसक्दा युजी लिले ५–० ले नतिजा आफ्नो पक्षमा पार्दा पलेशा ७–४ ले पछि परिन् । तेस्रो तथा अन्तिम राउण्डमा दुवै खेलाडीले ५–५ अंक स्कोर गरेपछि चिनियाँ खेलाडीले १२–९ ले खेल जितिन् ।

दोस्रो राउण्डमा अंक जोड्न नसक्दा पलेशाले पदक जित्न सकिनन् । त्यसअघि पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

पलेशाले रिपेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले र सेमिफाइनलमा सर्वियन खेलाडी मारिजा मिसेभलाई २३–१५ ले हराएकी थिइन् ।

Long Default Ad 1200x105

प्रकाशित मिति: शुक्रबार १८ भाद्र २०७८ १२:३५:४४ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel