जब ब्राजिलका स्वास्थ्य अधिकारी अर्जेन्टिनी खेलाडी समात्न मैदान प्रवेश गरे

Long Default Ad 1200x105

सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । आइतबार राति भएको दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाका खेलाडीले कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीले मैदान प्रवेश गरेपछि खेल स्थगित भएको हो ।

ब्राजिलस्थित साओ पाउलोमा खेल सुरु भएको केही समयमै ब्राजिलियन आधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि एक्कासि मैदान प्रवेश गरेका थिए । अर्जेन्टिनी खेलाडीले कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड तोडेको मैदानभित्र प्रवेश गरेका उनीहरूले अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेका थिए । केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि एकछिनमा अर्जेन्टिनी टोली मैदान छोड्दै बाहिरिएको थियो । उक्त टोली स्वदेश फर्किसकेको छ ।

बेलायतबाट ब्राजिल प्रवेश गर्नेले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम छ । यसअघि प्रिमियर लिग खेल्ने आफ्ना नौ खेलाडीलाई ब्राजिलले उक्त बाध्यकारी नियमका कारण नै टोलीमा समावेश गर्न सकेको थिएन । तर अर्जेन्टिनी टोलीले क्लबसँग समन्वय गर्दै इङ्ग्लिस प्रिमियर लिग खेल्ने चार खेलाडीलाई टोलीमा राखेको थियो ।

अर्जेन्टिनाको टिममा एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया तथा टोटेनह्याम हटस्परका क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो छन् । उनीहरूले कोरोनासम्बन्धी स्वास्थ्यमापदण्ड तोडेको एन्भिासाको ठहर छ । एन्भिसाले उनीहरूले नियम तोडेकाले देश निकाला गर्नुपर्ने बताएको थियो । स्थगित खेलको नयाँ मिति तोकिएको छैन ।

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०९:२१:१९ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel