‘लाजको पसारो’ : सर्वोच्चकै चिया चिनी खाएर उसैको बेइज्जत गरे वकिल–न्यायाधीशले

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । सर्वोच्चमा बहस पैरवी गर्दै आइरहेका एक जना अधिवक्ताले नेपालका केही न्यायाधीश र वकिलहरुले गिनिज बुकमा नाम लेखाउने पक्का रहेको भन्दै व्यंग्य गरे । उनले भने,‘विश्वमा यस्तो कहिँ हुँदैन । यो कहिँ नभएको जात्रा हो । न्यायालयको ढोका थुनेर न्यायाधीशहरुले राजनीति गर्ने र जनता न्यायका लागि सडकमा भौतारिने । यस्तै देख्न गणतन्त्र आएको हो रहेछ, नेपालमा ।’ 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै न्यायालय अबरुद्ध पारेको दुई महिना वित्न लाग्यो । तर, वकिल र केही न्यायाधीशहरुको विरोध जारी छ । प्रधानन्यायाधीशले पटक–पटक भनिरहेका छन्, ‘मेरो नियुक्ति संवैधानिक प्रक्रियाबाट भएको हो । संवैधानिक प्रक्रियाबाट आउनुस् म पदत्यागका लागि तयार छुँ ।’ बार र न्यायाधीश तथा वकिलहरुले गरको आन्दोलनको कुनै तुक छैन । त्यसमा पनि उनीहरु धेरै ठाउँमा चिप्लिइसकेका छन् । उदाहरणकै लागिः आन्दोलन चर्किनु भन्दा पहिले प्रधानन्यायाधीशले बार, विद्रोही न्यायाधीश र वकिलहरुले भने अनुसार गोलाप्रथाबाट पेशी तोक्न तयार छुँ भनेर फुलकोर्ट बैठक बोलाए, विद्रोही पक्षले बहिस्कार गरेर अर्कै मोर्चा बन्दी कस्यो । त्यहिँबाटै आन्दोलन पतन सुरु भयो । अहिले आएर पाँच जना न्यायाधीश: प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा फर्किसकेका छन् भने उनीहरुले राणाको पक्षमा समेत बोल्न थालेका छन् । 

तपाईलाई हाम्रो सिफारिस : ईयुको इसारामा नाच्नेहरुले सिध्याए नेपालको न्यायालय 

हुँदा–हुँदा ति न्यायाधीशहरु बारले बोलाएको छलफलमा सहभागी नभएर जबराको पक्षमा भएको संदेश दिएका छन् । तर, बारको ढिपी उस्तै छ । महासचिव लिलामणि पौड्यालले आन्दोलन रोकिन्न भन्दिए । अब बेकारको रोइकराई हो भन्ने थाहा पाउँदा पाउँदै पनि आन्दोलनरत पक्ष धर्ना र नारा लगाउन बाध्य छ । कारणः नाक जोगाउन परेको छ । आन्दोलन त पत्रकार र पुलिसले धान्दिएका छन् नि ! वकिलहरु ५० बाट ५२ जना हुन सकेनन् । तर, पत्रकार झण्डै सय पुग्छन्, एक जना अधिवक्ताले भने, ‘पुलिस ६०–७० जना हुन्छन् । पत्रकार सबैभन्दा बढी । अनि ड्रोनबाट फोटो, भिडियो लिएपछि धेरै देखिँदा रैछन्, मान्छेहरू । पत्रकार र पुलिसले धानेको छ, आन्दोलन ।’

तपाईलाई हाम्रो सिफारिस : रक्सीको लत छुटाउन सुधारकेन्द्र भर्ना भएको ३ दिनमै मृत्यु

२०औँ हजार कानून व्यवसायीको सल्लाहविनै आन्दोलन गरेकाले पनि बारले साथ नपाएको गुनासो ति अधिवक्ताले गरेका छन् । लाज मर्दो कुरा त के भने, सर्वोच्चकै चिया र चिनी पानी खाएर सर्वोच्चकै काम भाँडिरहेका छन्, वकिलहरु । बेइज्जत गरेका छन् । भन्नु नभन्नु भनेका छन् । त्यस्तालाई जनताले त के वकिलहरुले नै पत्याएनन् । ५ जना न्यायाधीश काममा फर्किनुको पनि रोचक कथा छ । अरुको लहैलहैमा लागेर आन्दोलन गरेका उनीहरुलाई एक जना विद्वानले नियुक्ति गर्दा खेरिका बाचाहरु सम्झाइदिएपछि फरक्क फर्किनुको विकल्प रहेन । जनताको भावना बुझेर काममा फर्किएका भने होइनन्, उनीहरु । भोलि नैतिकतामा प्रश्न उठ्ने र नियुक्तिकाबेला खाएका क्रिया कसमका कारण फर्किनु परेको सत्य हो । तर, एक पल्टको चोर सँधै चोरै हो भने झैँ, उनीहरुलाई वात लागिसक्यो । न्यायिक प्रक्रिया अबरुद्ध पारेको र जनभावनाको मर्ममा प्रहार गरेकाले उनीहरुले सामूहिक राजीनामा दिनुपर्ने कुरा उठिसकेको छ । अहिले इजलास बसेर ५ जना श्रीमानहरुको कुकर्म धोइन्न । विटुलो भइसकेकालाई दुधले नुहाए पनि योग्य मान्न सकिन्न । 

तपाईलाई हाम्रो सिफारिस : न्यायालयलाई हिलो छ्याप्नेले जवाफ दिनुपर्छ

न्यायाधीश तेजबहादुर केसी प्रधानन्यायाधीश विवादमा परेका धेरै मुद्दामा जोडिएकाले पनि फर्किएको आँकलन गरिएको छ । बमकुमार श्रेष्ठ दुधको साक्षी विरालो बन्न काममा फर्किए भने । कुमार रेग्मी र मनोज शर्माको नियुक्ति नै गजबको छ । उनीहरुलाई आन्दोलन भन्दा जबराकै छेउछाउ सुरक्षित छ । कुमार चुडाल पनि उनीहरुहकै साथ लागेर फर्किए । यसरी बुझौँ श्रीमानहरु आ–आफ्नै पिरले फर्किए । उनीहरु फर्किनुमा कुनै आश्चर्य छैन । आश्चर्य के मा छ भने यसरी न्यायालयको गरिमा धुलिसाँध पारेर फेरि पनि त्यहिँ जागिर खाने वातावरण बन्नूमा छ । यस्तो संसारमा कहिँ हुँदैन । यसमा प्रधानन्यायाधीश चनाखो हुनुपर्छ । प्रधानन्यायाधीश जबराले आफुलाई साथ दिन आएको भनेर मख्ख पर्नु मुर्खता मात्रै हो ।

तपाईलाई हाम्रो सिफारिस : अख्तियारले डाम्ने भो अब, पराजुलीलाई पहिलो सुर्केनी

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: आइतबार ५ मंसीर २०७८ १६:१६:५६ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105