श्वासनलीको संक्रमणबाट जोगिने उपायहरु

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ । गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र गतिमा कमी आउँछ। 

घाँटी र फोक्सोमा संक्रमण हुने कारण 

पिनास हुने (साइनसिटिस)

घाँटीको संक्रमण (फाराइनजाइटिस)

स्वरनलीमा संक्रमण (लाराइनजाइटिस) 

कानको मध्य भागमा संक्रमण (ओटोटिश मिडिया )

विषाणुबाट पनि श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण हुनसक्छ जस्तै निमोनिया साथै नाक, मुख र घाँटीमा संक्रमित साधनहरु जस्तै रुमाल, मास्क, ओछ्यान, सिरक, आदि प्रयोग गरेमा वा प्रदुषित हावामा बिरामीले श्वासप्रश्वास लिएमा श्वासप्रश्वास नलीमा संक्रमण हुने गर्दछ।  

संक्रमणका लक्षणहरु 

-बिरामीलाई उच्च ज्वरो (९९ –१०३ डिग्री) आउँछ र धेरै पसिना आउँछ।

-बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ र छिटोछिटो श्वास फेर्छ।

-श्वास फेर्दा असाधारण आवाज आउँछ (जस्तै सुसेलेको आवाज वा सुइँसुइँ आवाज आउँछ)। 

-पहेँलो रङ्ग वा रगत मिसिएको बाक्लो खकार धेरै मात्रामा पोक्सोमा जमेको हुन्छ। 

संक्रमणबाट जोगिन के गर्ने ? 

-घर वरपरको वातावरण स्वाच्छ राख्ने जस्तै धुलो, धुवाँ  मुक्त राख्ने। 

-घरेलु पाल्तु जनावरबाट बिरामीलाई टाढा राख्ने। 

-बिरामीको वरपर भीडभाड हुन नदिने र भेट्न आउने आगन्तुकहरुलाई नियन्त्रण गर्ने। 

-जलवियोजन हुन नदिन बिरामीलाई तातो झोलिmलो पदार्थ  जस्तै पानी जुस र सुप प्रशस्त पिउन दिने। 

-बिरामीलाई न्यानो बनाई राख्ने।  चिसोबाट बचाउने। 

-बिरामीलाई  राम्ररी हावा चल्ने कोठामा राख्ने।

-संक्रमण फैलनबाट रोक्नका लागी बिरामीको उपचार र हेरचाह अघि र पछि साबुन  र पानीले राम्ररी हात  धुने।

ध्यान दिनुपर्ने कुराहरु

-बिरामीले लगाएको मुख छोप्ने माक्स कम्तिमा दुई दिनमा एकपटक धुनुपर्छ। 

-बिरामीले  प्रयोग गर्ने श्वासप्रश्वासका  साधानहरु जस्तै अक्सिजन माक्स, श्वास फेर्ने मेशिन स्पाइरोमिटरको एन्टिसेप्टिक झोलले सफा गर्ने सो नपाएमा साबुनपानीले सफा गर्ने। 

-प्रोटिनयुक्त पोषिलो खानेकुरा खाने जस्तै मासु, माछा, अण्डा र दूधजन्य पदार्थ, गेडागुडी र रेसायसक्त तरकारीहरु खुवाउने गर्नुपर्छ।

-यदि बिरामी आफैं वा हेरचार गर्ने व्यक्तिको सहायतामा बस्न  सक्छ भने श्वास प्रश्वास र -फोक्सोको चालमा मद्दत पुर्‍याउने अन्य आसन वा तरिका पनि अपनाउन सकिन्छ। 

-श्वासप्रश्वासको व्यायामले फोक्सोलाई फैलाउन मद्दत पुर्‍याउँछ। 

-श्वासप्रश्वास गतिमा सुधार ल्याउँछ फोक्सोमा जमेको खकारमा हलचल पैदा गरी निकाल्न  सजिलो बनाउँछ। 

-पेटमा हातले हलुका थिच्दा फोक्सोमा हावा भरिएको महसुस गर्न मद्दत पुयाउँछ। 

 
Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ १४:२८:२३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105