कहिल्यै नखानुहोस् खाली पेटमा यस्ता खानेकुरा

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । हाम्रो स्वास्थ्यलाई कसरी स्वस्थ्य राख्ने भन्ने कुरा हाम्रो खानपानमा पनि भर पर्छ । निरोगी रहनका लागि खानेकुरामा ध्यान दिन जरुरी छ । स्वस्थ जीवनशैली र खानपानमा ध्यान दिँदा धेरै रोगहरुबाट बच्न सकिन्छ ।

तर, खानेकुरा खाँदा बारम्बार गरिने गल्तिहरुका कारण विभिन्न प्रकारका रोगहरुले सताउने गर्छ । खानेकुरा खाने निश्चित समय हुन्छ । खानेकुरालाई कुन समयमा सेवन गर्दा यसले सकारात्मक असर गर्छ भन्ने कुरालाई ध्यान दिन आवश्यक छ ।

अम्बा

बिहान खाली पेटमा अम्बाको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिदैन । खाली पेटमा अम्बा खाँदा पेटमा ग्यास पैदा हुन्छ । यसकारण पेट फुल्ने समस्या पैदा हुन्छ । खाली पेटमा अम्बा खाँदा कहिलेकाँही पेट दुख्ने समस्या पनि आउँछ । 

टमाटर

खाली पेटमा टमाटरको सेवनले पेटमा एसिडिटी पैदा हुन्छ । बिहान बिहानै खाली पेटमा टमाटर खाँदा पेट पोल्ने, ग्यास पैदा हुने र पेट दुख्ने समस्या पनि आउँछ ।

अमिलो फलफूल

खाली पेटमा अमिलो फलफूलको सेवन घातक मानिन्छ । यस्ता फलफूलहरुमा सुन्तला, मौसम र अन्य फलहरु पर्दछन् । यसले पाचनतन्त्रमा असर गर्छ र स्वास्थ्य बिगार्छ ।

चिया 

खाली पेटमा चिया पिउनु पनि स्वास्थ्यका लागि नराम्रो मानिन्छ । यसले पेटमा ग्यास पैदा गर्छ भने पेट दुख्ने समस्या पनि गराउँछ । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: साेमबार ६ मंसीर २०७८ १३:१५:५८ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105