रिस कम गर्न अपनाउनुहोस् यस्ता उपाय

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । मानिस भएपछि विभिन्न खालका भावनाहरुसँग बाँधिएर बाच्नुपर्छ । जिवनभरमा कहिले खुशी, दुःख, डर तथा रिस भोग्नुनै पर्दछ । 

नेश्नल लाइब्रेरी अफ मेडिसिनका अनुसार रिस पनि अरु भावनाहरुजस्तै शरीरको सिम्प्याथेटिक नर्भस सिस्टमबाट उत्पादन हुन्छ। रिससँग जुझ्न निकै कठिन छ। कहिलेकाहीं रिसले आफ्नो शरीरलाई नोक्सान पु¥याउने देखि वर्षौंदेखिको सम्बन्ध पनि टुटाउन सक्छ। त्यसैले आफ्नो रिसलाई बुझेर व्यवहार गर्न जरुरी हुन्छ।

तनावलाई बुझ्न सके रिस कम हुन सक्छ

हाम्रो शरीरमा वा भनौं दिमागमा तनाब (स्ट्रेस) हर्मोन हुन्छ। जब हामी रिसाउँछौं, तब यो हर्मोन निकै चाँडो फैलिन्छ, जसले गर्दा विभिन्न खालका समस्या निम्त्याउँछ। शरीमा यस्तो हर्मोन धेरै भए रोगसँग लड्ने क्षमता (इम्युनिटी)लाई कम्जोर बनाउँछ भने रक्तश्राव पनि बढाउँछ।

कसरी नियन्त्रण गर्ने रिस ?

-रिस उठेको समयमा सोचेर बोल्ने वा केही बोल्नु अघि लामो स्वास तान्ने र १ देखि १० अंकसम्म गन्ने।

-आफूलाई रिस उठेको छ भने, त्यो वातावरण छोडेर अन्य कुनै ठाउँमा गएर ताजा हावा लिन जानुपर्छ।

-केही समय अंक गन्ने र ताजा हावा लिएर रिस कम भएपछि पुन वार्ता गर्न जाँदा समस्या समाधान गर्न सकिन्छ।

-कहिलेकाहीँ प्रयाप्तरुपमा आराम पाएन भने पनि रिस उठ्न थाल्दछ। त्यस्तै, रातमा निन्द्रा पुगेन भने पनि तनावको सामना गर्नुपर्ने हुुन्छ। 

-यदि रिसको सिमा नाघ्न थाल्यो र केही नोक्सानी होला जस्तो लाग्न थाले, त्यस्तोमा तेस्रो व्यक्तिसँग मद्धत माग्दा सहज हुन सक्छ। 

-धेरै रिस उठ्दा त्यसलाई व्यक्तिमा केन्द्रित नगरी कुनै सकरात्मक चीजमा व्यक्त गर्ने

-रिस उठ्दा फुटबल तथा बास्केटबल वा कुनै खेल खेल्दा राम्रो हुन्छ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार ९ मंसीर २०७८ १४:१०:२३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105