भुइँकटहर खानुका यस्ता छन् फाइदै फाइदा

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । भुइँकटहर नेपालमा पाइने एक किसिमको फल हो । यसलाई कतै कतै अनारस नामले पनि चिनिन्छ ।

भुइँकटहर हरेक मौसममा पाइने निकै स्वादिलो फल हो । यो स्वादिलो मात्र होइन निकै गुणकारी पनि हुन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसको सेवन गर्नाले शरीरमा फाइदा पुग्ने गर्दछ ।

-भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । 

-यदि तपाईँ दाँत सम्बन्धी कुनै पनि समस्यामा हुनुहुन्छ भने भुइँकटहर खानु निकै उपयोगी साबित हुन्छ । 

-भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।

-नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पुर्‍याउँछ । 

-एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ १४:१७:४७ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105