नेपालमा निपाह भाइरसको कति जोखिम ?

Long Default Ad 1200x105

काठमाडौँ । भारतमा निपाह भाइरसका बिरामी देखिन थालेको छ ।

निपाह भाइरस देखा पर्ना थाले पछि नेपालको स्वास्थ्य सेवा अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजग रहन आग्रह गरेको छ । 

एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण भरतमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन् । 

रोग नियन्त्रण महाशाखाले रोगको यकिन निदान नहुँदै वा तीव्र भाइरस सङ्क्रमणको अवस्था बिग्रँदै गएका र मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी न्यूनीकरण गर्न र तत्काल रिपोर्टिङ गर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।

२१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा निपाह भाइरसका कारण १२ जनाको मृत्यु भएको थियो ।

भारतकै केरला र उत्तर प्रदेशमा निपाह भाइरस सङ्क्रमितहरूको उपचारमा संलग्न नर्सको पनि मृत्यु भएको थियो । 

विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसलाई ठूलो महामारीका रूप लिन सक्ने दस घातक रोगमध्ये एउटा भनेको छ ।

भारतका विभिन्न ठाउँमा नेपाली कामदार कार्यरत छन् । चाडपर्व नजिकिँदै गर्दा भारतका विभिन्न भागबाट स्वदेश भित्रिने नेपाली बढेसँगै निपाह भाइरस पनि सर्ने जोखिम बढ्छ ।

निपाह भाइरस मान्छेबाट मान्छेमा एक त छँदैछ अर्कोतिर यो भाइरस पाइने चमेरा नेपालमा पनि पाइन्छ । 

यस्तै भारतबाटै सुँगुर, बङ्गुर यहाँ आयात गरिने हुँदा यो भाइरसको सङ्क्रमणको जोखिम धेरै छ ।

निपाह भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । यो गम्भीर प्रकृतिको सङ्क्रामक रोग हो । प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ । चमेरो, बङ्गुरबाट निपाह भाइरस मान्छेमा सर्छ । 

सरुवा रोग विशेषज्ञहरूका अनुसार चमेराले खाएका फलफूलमा –याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि सर्ने जोखिम हुन्छ । 

फ्रुट ब्याट जातको चमेरोले खाएको जुठो फलफूलबाट सर्छ । निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ । 

त्यही फ्रुट ब्याट भाइरस पशुपन्छी तथा फलफूलको माध्यमबाट निपाह भाइरस सर्ने जोखिम हुने सरुवारोग विशेषज्ञहरूको भनाइ छ ।

लक्षण

मान्छेमा निपाह भाइरसको सङ्क्रमण भएमा यस्ता लक्षण देखिन्छन् । 

साता दस दिनपछि ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, स्मरण शक्तिमा कमी र मस्तिष्क सुनिने जस्ता लक्षण देखापर्छन् ।

कसरी जागिने ?

निपाह भाइरसको सङ्क्रमणबाट बच्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । 

निपाह भाइरस भएका बिरामीको स्याहार सम्भार तथा हेरचाह गरेपछि राम्रोसँग साबुनपानीले हात सफा गर्नुपर्छ ।

मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने ।

फलफूल राम्रोसँग पखालेर मात्रै खाने ।

गाईवस्तुको गोठ र फार्म सफा राख्ने ।

सकेसम्म पानी उमालेर मात्रै पिउने ।

बेलाबेलामा साबुन पानीले हात धुने ।

बङ्गुर तथा सुँगुरको नजिक जाँदा सचेत हुने ।

भीडभाडमा जाँदा मास्क लगाउने ।

चमेराले जुठो हालेका फलफूल खानु हुँदैन ।

औषधि छ कि छैन?

निपाह भाइरसबाट लाग्ने रोगको उपचार छैन । हालसम्म यो भाइरसको औषधिको विकास भएको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस विरुद्धको औषधि पत्ता लागेको छैन । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन् । 

यस्तै निपाह भाइरसविरुद्धको खोप पनि विकास भएको छैन । यो रोग लागेपछि आईसीयूमा राखेर उपचार गर्नुपर्छ ।

Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ १३:११:५४ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel