गहिरो श्वास लिनुको यस्ता छन् फाइदा

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । दैनिक केही समय गहिरो श्वास लिनाले तपाईको स्वास्थ्य जीवनशैलीमा धेरै सुधार हुन्छ ।  जब तपाई चिन्तित् या हैरान बन्नुहुन्छ, तब तपाईको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईको मुटु र मस्तिष्कतर्फ बढछ । यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ । निन्द्रा राम्रो आउँछ । सबैभन्दा महत्वपूर्ण पक्ष रोगसँग लड्ने क्षमता बलियो हुन्छ । 

राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ्य मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वा व्यायामका केही फाइदा यस प्रकार छन् : 

शरीरबाट विषालु तत्त्व घट्छ

बिस्तारै, गहिरो, लामो श्वास लिना शरीर डिटोक्सिफाईड हुन र शान्त भाव पैदा हुन सहयोग मिल्छ । राम्रो निद्रा लाग्छ । यदी अनिद्राको गुनासो छ भने सुत्नुभन्दा पहिले गहिरो श्वास लिनुस् । 

इम्युनिटी बलियो हुन्छ

गहिरो श्वास लिनाले ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । दुखाई महसुस कम हुन्छ

जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ । यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो ।

रक्त प्रवाह ठिक हुन्छ

डायफ्रम माथि र तल हुँदाह रक्त प्रवाहको गति बढ्छ । यसबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुग्छ ।

दिमागलाई शान्त बनाइदिन्छ 

अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ। गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ।

अन्य अंगलाई पनि सहयोग 

गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ। 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ १२:५५:०२ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105