अज्ञात समूहद्वारा संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

Long Default Ad 1200x105

संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिएको छ । 

केहीबेर अघि प्रहरी घटनास्थलमा पुगेको र आफूसहितको टोलीपछि घटनास्थल जाँदै गरेको उनले बताए । घटनास्थल चैनपुरबाट करिब ५० किलोमिटर पूर्व रहेको बताइएको छ ।  जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । 

अज्ञात समूहद्वारा  शेरबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी र बच्चा दुई जना गरी छ जनाको हत्या भएको छ । घरेलु हतियार प्रहार गरेर सबैको हत्या भएको शवको प्रकृति हेर्दा पाइएको डीएसपी सुवेदीले बताए । 

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०७:४८:०५ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel