एमसीसीविरुद्ध विप्लव नेतृत्वको वृहत् प्रदर्शन आज हुदै

Long Default Ad 1200x105

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने भएको छ ।

एमसीसीलाई नेपालबाट सधैँका लागि बिदा गर्न आन्दोलनको आवश्यकता रहेको बताउर्दै पार्टी प्रवक्ता प्रकाण्डले राजधानीमा हजारौको उपस्थितिमा प्रदर्शन गर्ने बताएका थिए ।


एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको भन्दै यसको विरुद्धमा सबै एकजुट हुन केही दिन अगाडी पत्रकार सम्मेलन मार्फत पार्टीका प्रवक्ता प्रकाण्डले जानकारी दिएका थिए । 

एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाण्डले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसदबाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको र प्रधानमन्त्री देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी उनले दिएका थिए । 

जति प्रपञ्च भएपनि आफूहरूको दल त्यसको विरुद्धमा उभिने बताउँदै उनले संसदीय दलहरू विदेशी सामु घुँडा टेकेको आरोप लगाए ।

आफूहरूको दल एमसीसीको विरुद्ध सङ्घर्षमा रहेको बताउँदै उनले ५० करोड अमेरिकी डलरमा देशलाई बेच्न खोजेको आरोप लगाए ।

नेपालकै रकमलाई राम्रोसँग खर्च गरियो विकास पर्याप्त हुने तर ५० करोड अमेरिकी डलरमा कमिसन खान पाइन्छ भन्दै केही नेताहरू त्यो पास हुनैपर्ने अडानमा रहेको उनले दाबी गरे । 

यदि एमसीसी पास भयो भने देशमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । 


Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २८ भाद्र २०७८ ०३:२९:४२ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel