असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट - नेपाल राष्ट्र बैंक

Long Default Ad 1200x105

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको जानकारी दिए ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा विहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए ।

यद्यपि यस वर्ष कोरोना सङ्क्रमण घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । प्रवक्ता ढकालले प्रतिव्यक्ति १८ हजार ५०० सयका दरले नयाँ नोट वितरण गर्ने बताए ।

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २८ भाद्र २०७८ १०:५९:१२ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel