वर्षाले काठमाडौं काठमाडौं उपत्यका, ४ सय बढी घर डुबानमा

Long Default Ad 1200x105

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गएरातीदेखि भईरहेको ब्यापक वर्षाले उपत्यका जलमग्न भएको छ । लगातारको वर्षाले उपत्यकाका सवै नदीहरुमा पानीको सतह उच्च भएको छ ।

बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा आएको बाढीले नदी आसपासका क्षेत्रहरु डुबाएको छ । बाढीका कारण करीब ४ सय घर डुबानमा परेको र डेढ सय मानिसलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु जोखिममा परेका छन् ।

बल्खुको तरकारी बजार डुबानमा परेको छ भने टेकु, कालीमाटी क्षेत्र पनि डुबानमा परेको छ । कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, तल्लो नेपालटार, शंखमुल क्षेत्र पनि डुबानमा परेको छ । गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ । पानीको सतह सडकसम्मै आएपछि नदी किनारका सडकहरु अवरुद्ध भएका छन् । अन्यत्र पनि सडकमा भरिएको पानीका कारण ट्राफिक ब्यवस्था प्रभावित भएको छ । बाढी र डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा राती ३ बजदेखि विहान ६ बजेसम्मको ३ घण्टामा १ सय ५ मिलिमिटर वर्षा भएको छ । यति छोटो समयमा यति धेरै वर्षा विरलै भएको पनि महाशाखाको भनाइ छ ।

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०७:२८:४६ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel