एक सातादेखि हराइरहेकी महिलाको शव दरौंदी किनारमा भेटियो

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन्।

गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन्।

उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौँदीखोला किनारमा मृत फेला पारिएको हो।

तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ ११:०२:३८ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105