महिला फुटबल : नेपाल बंगलादेशबीच खेल आज हुँदै

Long Default Ad 1200x105

काठमाडौँ । नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदै छ । 

मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ । दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो । 

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप-२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र पाँच गते खेल्दैछ । 

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजे सुरु हुने छ । 

Long Default Ad 1200x105

प्रकाशित मिति: आइतबार २७ भाद्र २०७८ ०४:५३:२८ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel