मनकामनामा ३५ करोड लगानीमा रिसोर्ट खुल्दै

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । मनकामनामा केबलकार सञ्चालनमा आएको २४ औं वर्षमा प्रवेश गरेको छ । यही मंसिर ८ गतेदेखि केबलकार सञ्चालनको २४ वर्ष पुगेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताएको छ ।

केबलकार सञ्चालनमा आएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अगाडी आएको कम्पनीले बताएको छ । यही अवसरमा कम्पनीले मनकामनामा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट  सञ्चालनमा ल्याउने भएको हो ।

रिसोर्टमा रेष्टुरेन्टसँगै एक सय सिट क्षमताको कन्फरेन्स हल रहने छ । रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख लाग्ने अनुमान गरिएको छ । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ १२:१७:२५ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105