ज्येष्ठ नागरिक ग्रामको नाममा ब्रह्मलुट, यसका सुत्रधारलाई उल्टै महिला आयोगको अध्यक्ष उपहार

Long Default Ad 1200x105

काठमाडौं । संस्कृतिविद् एवं योग गुरु डा. चिन्तामणि योगीका अनुसार समाज दुई कुराले टिक्छ । उनी भन्छन्, ‘कानून र चेतना यि दुई कुराले हो, समाज टिक्ने ।’ व्यक्ति बन्न चेतना चाहिन्छ भने समाज निर्माणका लागि कानून चाहिन्छ भन्छन्, उनी । चुरो कुरो चाँहिः चेतना भएको मान्छेले अपराध गर्दैन र कथंकदाचित अपराध गरिहाले गल्ती स्वीकार्छ । तर, हाम्रो समाजमा त्यस्ता व्यक्ति पनि छन्–जसले जान्नेसुन्ने अर्थात् विद्वानका नाममा अपराध गरेर रातो कार्पेट मुनी लुकाउन सक्छन् । 

धेरै घुमाई फिराई नगरी ठाडै भनौः–राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले यो तथ्यलाई पनि माथ खुवाईन् । शीर्षस्थ नेताहरुको वरिपरी घुम्नेहरुले कतिसम्मको ब्रह्मलुट गर्न सक्छन् भन्ने उदाहरण हेर्न अरु विषय उप्काउनै परेन । पराजुली काण्ड थाहापाए पुग्छ । 

ज्येष्ठ नागरिकको मानवअधिकार तथा सामाजिक सुरक्षाका लागि क्रियाशील संस्था वा व्यक्तिले यतिसम्मको लुट मच्चाउन सक्लान्, भन्ने कल्पना गर्न सकिँदैन । तर, पराजुलीको हकमा यस्तो कुरा लागु भएन । राज्यको धर्म र कानून उनको राजनीतिक पहुँचअघि केही ठहरिएन । सामान्य मानवीय धर्मको चेष्टा समेत राखिनन्, उनले । पितृसम्मान बुढा बाआमाको नाममा राज्यकोषको झण्डै ७ करोड दुरुपयोग गरिन् । 

उनकै लहलहैमा हालको शंखरापुर नगरपालिका –९ इन्द्रायणीमा ज्येष्ठ नागरिक ग्राम बनाउन भन्दै राज्य कोषको झण्डै ७ करोड स्वाहा भएको छ । जसको सुत्रधार हाल संवैधानिक आयोग हाँकिरहेकी पराजुली नै हुन् भन्ने कुरा धेरै तथ्यबाट पुुष्टि हुन्छ । र, उनले गरेको कामबारे हामीले धेरै भन्नै परेन । तस्वीर हेरेर आफैँ अड्कल काट्न सक्नुहुन्छ । भवनको एक–एक अवस्थाको भिडियोसमेत हामीसँग सुरक्षित छ । 

हेरौँ, ७ करोड खर्चिएर बनाइएका भवन 



पराजुली संलग्न गैरसरकारी संस्था संकल्प नेपालले ज्येष्ठ नागरिक ग्रामको गुरुयोजना नै बनायो । तर, त्यहाँ ग्राम त के रु जम्मा तीन घर पनि गतिला बनाउन सकेन, संकल्प नेपालले । निर्माण सामग्रीको प्रयोग र निर्माणको अवस्था नै सन्तोषजनक नभएका घरलाई ०७२ सालको भुइँचालो झन् बहाना भइदियो । त्यही भुइँचालोले घर कमजोर बनाएको भन्दै पराजुली मात्र नभई यससँग जोडिएका जो कोहिलाई पन्छिने गतिलो बहाना भएको छ, अहिले । 


एउटा घर गल्र्याम्मै लडिसकेको छ । बाँकि भएका दुई घर पनि गतिलोसँग बनाएको देखिन्न । हुँदा हुँदा कन्सल्ट्यान्टको भूमिका समेत पराजुली आफैंले निमाएको र त्यसबापतको पारिश्रमिक समेत लिएको कुरा सुन्नमा आएको छ । यसमा भएको गल्ती र त्रुटिबारे विभागीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पूरा जानकार छ । तर, सबैले टाउको समात्ने बाहेक उपाय छैन भन्छन् । के अब राज्य कोषको ७ करोड रुपैँया कसैलाई बक्सिस भयो भन्दिने रु बाफरे १ ज्येष्ठ नागरिकको नाम बेचेर लुट गर्नेलाई यत्रो छुट रु त्यसमाथि संवैधानिक आयोगको अध्यक्ष उपहार ?


   

कस्ता व्यक्तिको नियुक्ति हुन्छ, संवैधानिक आयोग र सरकारी निकायमा भन्दै मन्त्रालयका एक निर्देशक थईथई मान्दै थिए । र, उनले भने, ‘संस्थालाई दिएको अनुदान भए पनि त्यो शसर्त अनुदान थियो । त्यो बेला गैरसरकारी संस्थालाई त्यसरी रकम दिनु गलत थियो भन्ने कुरा यहि घटनाले पुष्टि भयो ।’ उनका अनुसार त्यो बेला कि अर्थमन्त्रालय हाँक्नेको विवेक पुगेन, कि त राजनीतिक सन्तुलन मिलाउन गलत बाटो रोज्न पछि परेनन्, तत्कालीन शासकहरु । 

थप कथा 

इन्द्रायणीमा रहेको ५० रोपनी सरकारी जमिन चार टुक्रा पारिन्छ, मन्त्रिपरिषदबाट । संकल्प नेपालको नाममा २० रोपनी परेको छ । हेल्पिङ ह्याण्डस् अस्पतालाई २० रोपनी, मस्कुलर अस्पतालाई ५ रोपनी र विद्यालयलाई ५ रोपनी भाग परेको छ । सरकारी जमिनको दुरुपयोगको अर्को नमुना पनि यो भित्र भेटिएको छ । तर, अहिलेलाई भने संकल्प नेपाल र ज्येष्ठ नागरिक ग्रामकी सुत्रधार कमलाकुमारी पराजुलीकै प्रसंग जोडौं । पहिलो कुराः बर्खामा पानी उम्रने र बालुवा भएको दलदले जमिनमा जेष्ठनागरिक ग्राम बनाउने गुरुयोजना बनाउनेको विवेक मान्नैपर्छ । अर्को, घरको डिजाईन बनाउने इन्जिनियरलाई पनि पुरस्कार दिनुपर्ने १ त्यति मात्रै कहाँ हो र रु त्यस्तो ठाउँमा काम गर्नलाई खुरुखुरु राज्यकोषको पैसा दिनेलाई झन् सम्मानित गर्नुपर्ने, अख्तियार लगाएर ।  

संकल्प नेपालको नाममा आर्थिक वर्ष ०७१–०७२ मा २ करोड १० लाख गएको विवरण वार्षिक प्रगति प्रतिदेनमै उल्लेख छ । यस्तै, दोस्रो आर्थिक वर्ष ०७२–०७३ मा समेत २ करोड १० लाख रकम संकल्प नेपालले लिएको विवरण छ ।  



हेरौँ, विवरण 

यसपछि पनि करिब ३ करोड बुझेको कुरा छ । तर, पराजुलीले भनेको जस्तो ग्राम बनेन । दुई तलाको संरचना ठडिएका दुई घर र एक तला अपुरो संरचना ठडिएको एउटा घर अहिले वेवारिसे छन् । एउटा घर लडेपछि माथिल्लो घर लड्ने डरले नगरपालिकाले त्रिपाल टाँगेर भित्तो छोपछाप पारेको छ । 


राजनीतिक पहुँचको दुरुपयोग 

हाल राष्ट्रिय महिला आयोगको अध्यक्ष रहेकी पराजुली इन्द्रायणीमा ज्येष्ठ नागरिक ग्रामको शिलन्यास गर्दा माधव नेपाल निकट थिईन् । नाताले उनी माधव नेपालको, भान्जी । उनले ग्राम बनाउन सुरु गर्दा सर्वोच्चका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद थियो । त्यो बेला उनले राजनीतिक पहुँचकै बलमा संकल्प नेपाललाई करोड–करोडको अनुदान पार्न लगाईन् । तत्कालीन अर्थमन्त्री शंकरप्रसाद कोइराला भावनात्मक मान्छे, ज्येष्ठ नागरिक ग्राम बन्छ भने किन नदिने रु उनले पराजुलीको पोल्टामा अनुदान पार्दिहाले । पराजुलीले यस्तो गर्लिन् भन्ने उनलाई के थाहा रु तर, पराजुलीसँगै जीपी फाण्डेशन मैत्री सेवाआश्रमको नाममा मित्रसेन दाहालले लिएको रकम सदुपयोग भयो । र, उनले गज्जबको सेवाआश्रम बनाएर देखाईदिए । यद्यपि, व्यक्तिको नामा खोलेको सेवाआश्रमलाई किन राज्य कोषको अनुदान दिइएको भनेर अहिले पनि विवाद नै छ । 

तर, पराजुलीले अनुदानलाई झण्डै आफुलाई दान दिएको सम्झिईन् । र, नाम खराब गरिन् । उनले त्यति बेला मात्रै राजनीतिक पहुँचको दुरुपयोग गरिनन् । राष्ट्रिय महिला आयोगको अध्यक्ष बन्दा पनि त्यही फड्को अपनाईन् । अवसरका लागि मामालाई छोडेर केपी ओली खेमामा लागिन् । ओलीका नियुक्तिको के कुरा रु सोधवेदै नगरी पराजुलीलाई महिला आयोगको अध्यक्ष बनाईदिए । अहिले त्यहाँ बसेर पनि उनले पदीय दुरुपयो छोडेकी छैनन् । 


पापको घडा भरियो 

पराजुलीको पापको घडा भरियो, अब । उनले गरेका अत्याचारको पर्दाफास श्रृंखला सुरु भयो, पनि । र, उनको विगत र वर्तमान जान्न ढिला भइसक्यो, अब । डा। योगीले भनेका छन्, ‘यस्ता मान्छेहरु दण्डित हुनुपर्छ । गल्ती गर्नेलाई राज्य र कानूनले चिन्नुपर्छ । राज्य निरिह भएपनि पितृको आँशु लाग्छ । नर्क जानुपर्छ यस्ता, मान्छेहरु । त्यति मात्रै होइन, अहिले गरेको पापले सात पुस्तालाई पिरोल्छ । पापको अन्न खानु हुँदैन भन्ने पौराणिक भनाई नै छ ।’

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २८ भाद्र २०७८ ०७:१४:११ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel