प्रतिपक्षीको विरोधकाबीच अर्थमन्त्रीको प्रस्ताव संसदबाट पारित

Long Default Ad 1200x105

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रोष्टम घेराउ र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्। 

सभामुख सापकोटाले बैठक सुरु भएको जनाए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु नाराबाजी गर्दै रोष्टमअघि आइपुगेका थिए।

बैठक सुरु भए लगत्तै उनले विनियोजन विधेयक अर्थात् बजेट माथिको सैद्धान्तिक छलफल अगाडि बढाए। 

अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न समय दिए। शर्माले प्रस्ताव राखेपछि बोल्न नेमकिपाका सांसद प्रेम सुवाललाई समय दिए। सुवालले आफ्नै स्थानबाट एमसिसीको विरोधमा वक्तव्य दिए। 

सभामुखले विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरे। प्रस्ताव बहुमतले स्वीकृत भयो। 

त्यसपछि सभामुखले पूर्व राष्ट्रिय सभा सदस्य रुक्मशमशेर जबरा र संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव राखे। 

शोक प्रस्तावका मौन धारण गर्न आग्रह गर्दा रोष्टममा उभिएका प्रमुख प्रतिपक्षीले नाराबाजी रोके। 

मौनधारणा पछि सभामुखले प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने जानकारी दिए।

Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ ०७:५४:४२ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel