एमसीसी सडकबाट खारेज गर्छौ : प्रवक्ता 'प्रकाण्ड'

Long Default Ad 1200x105

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता खड्गबहादुर विश्वकर्मा  'प्रकाण्ड'ले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्नुपर्ने बताएका छन्। 

एमसीसीविरुद्ध काठमाठडौँको खुलामञ्चको विरोध सभामा बोल्दै  'प्रकाण्ड'ले हालसम्म भएका देशविरोधी सन्धि सम्झौता खारेज हुनुपर्ने बताए ।  

अहिलेसम्मका सबै राष्ट्रविरोधी सन्धि सम्झौताको खारेज नेकपाको नेतृत्व गर्छ, उनले खुलामञ्चको सभालाई सम्बोधन गर्दै  भने।

'प्रकाण्ड'ले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको बताए। अब यसलाई हटाउनुपर्छ, उनले भने, नयाँ व्यवस्थाका लागि अब देशलाई जनमत सङ्ग्रहमा लैजानु पर्ने बताएका छन् । 

सिंहदरबारका संसदीयदलहरू आगामी चुनावको हिसाब गर्दै होलान्,  उनभने, संसदीय व्यवस्थाले एउटा अनुहारको ठाउँमा अर्को अनुहार ल्याउँछ । अब चुनाव होइन जनमत संग्रह गर्नु पर्ने बताए ।

अब यो देशमा संसदीय चुनावको औचित्य छैन, उनले भने, नेपालमा अब संसदीय व्यवस्था ढाल्न एकीकृत जनक्रान्तिमा सबै जुट्नुपर्ने बताए । 

संसदीय चुनावको अर्थ नभएकाले अब एकीकृत जनक्रान्तिमा होमिन पनि उनले आग्रह गरे।


Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २८ भाद्र २०७८ १४:१२:१६ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel