अध्यक्ष ओली पक्ष र रावल पक्षबीच विवाद

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ मा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा दुई पक्षबीच विवाद भएको छ। अध्यक्ष केपी ओली पक्ष र भीम रावल पक्षबीच विवाद परेको हो। 

निर्वाचन क्षेत्र नम्बर २मा  ‘अध्यक्ष ओली पक्षले एकलौटी रूपमा प्रतिनिधि छनोट’ गरेको भन्दै रावल पक्षले आफ्ना तर्फबाट छुट्टै महाधिवेशन प्रतिनिधि चयन गर्न लागेको हो। त्यसका लागि उसले आज बुधबार १० बजे भेला हुन भन्दै सार्वजनिक सूचना जारी गरेको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले पार्टीका जिल्ला अध्यक्ष रतन थापाले प्रतिस्पर्धा नै नगराई एकलौटी रूपमा प्रतिनिधि चयन गरेको आरोप लगाए।

महाधिवेशन प्रतिनिधि चयनका लागि एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बजगाईंले संगठित सदस्यहरूलाई आज बिहान १० बजे कैलालीको लम्कीस्थित टीकापुर रोडमा रहेको एक होटलमा भेला हुन आग्रह गर्दै  सार्वजनिक सूचना जारी गरेका छन्। 

उनले सूचनामा लेखेका छन्,  ‘मंसिर १० १२ गतेसम्म चितवनमा हुन गइरहेको दसौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं २ बाट ६ पुरुष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं २ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरी छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु।’​


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार १ मंसीर २०७८ ११:१६:३५ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105