प्रतिनिधि सभाको बैठक आज

Long Default Ad 1200x105

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन्।

सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक पनि राखेका थिए। उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए। 

एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ। कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ।


Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ ०४:०५:४२ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel