बाल दिवस : सुस्मिता ऋषिदेव १ दिने गाँउपालिका प्रमुख

Long Default Ad 1200x105

काठमाडौँ । मोरङको बुढीगंगा गाँउपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एकदिने गाँउपालिका प्रमुख बनाइएको छ । 

५७औं राष्ट्रिय बाल दिवसको अवसरमा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझीले उनलाई एकदिने अध्यक्षको जिम्मेवारी लिखित रुपमै हस्तान्तरण गरेका हुन् ।

बुढीगंगा–२ की सुस्मितालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रुपमा अध्यक्षको जिम्मेवारी दिएर बालदिवस मनाइएको हो । 

गाँउपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सुस्मिताले पद बहाली गरेकी हुन् । पद वहाली लगत्तै उनकै अध्यक्षतामा गाँउपालिकाको कार्यपालिका बैठक समेत बसेको थियो ।

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा एकदिने आफ्नो कार्यभार हस्तान्तरण गर्दै बुढी गंगा गाँउपालिकाका अध्यक्ष माझीले बालवालिकालाई स्थानीय तहको काम कर्तव्य र अधिकारका बारेमा जानकारी हुुनुका साथै व्यावहारिक ज्ञान पनि हुने भएकाले यस्तो अभ्यास गरिएको बताए ।

गाँउपालिकाको एक दिनको लागि अध्यक्ष हुन पाउनु एउटा अवसर रहेको सुस्मिताले बताएकी छन् ।

उनले वाल दिवसको अवसरमा आफूले एकदिन गाँउपालिकाको अध्यक्ष भएर पालिकाका बालिबालिकाको निम्ति ५० हजार बजेट छुट्याउने, सबै पूर्वाधारलाई बालमैत्री बनाउने र बालविवाह रोक्न पहल गर्ने निर्णय समेत गरेको बताइन् ।


Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ १२:४८:०२ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel