कर्णाली प्रदेशको मन्त्रीपरिषद् विस्तारमा ढिलाइ

Long Default Ad 1200x105
sapta koshi cement

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको दुई साता बित्दा समेत मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । 

आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफुसँगै राख्ने र सत्ता साझेदार दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई २ २ वटा मन्त्रालय दिने मनस्थिति बनाएका कारण मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन् । 

कर्णालीमा सबैभन्दा ठुलो दल माओवादी केन्द्र रहेको र प्रदेश सरकार सहमतिका आधारमा हस्तान्तरण गरेकाले आफुहरूले चार मन्त्रालय पाउनु पर्ने पूर्वमन्त्री तथा सांसद सीता नेपालीले बताइन् । ‘हामीले सहमति कार्यान्वयन गरेका छौं । 

कांग्रेसले मुख्यमन्त्री र एक मन्त्रालय मात्रै पाउनु पर्ने हो ।’ उनले भनिन्,‘हामीले चार मन्त्रालय र एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिनुपर्ने हुन्छ । अहिले कुनै छलफल भएको छैन् । 

कांग्रेसले पार्टीको आन्तरिक विवाद मिलाउन मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय आफुसँग राख्ने खोजेका कारणले अहिले मन्त्रीपरिषद् विस्तार हुन् नसकेको सत्ता साझेदार दलहरूबीच छलफलका बैठक बोलाउन आनाकानी गर्दै आएको एकीकृत समाजवादीका एक सांसदले बताए ।

 ‘खै किन हो रु उहाँ मुख्यमन्त्री शाहीले अहिलेसम्म औपचारिक रुपमा बैठक बोलाउनु भएको छैन् । 



Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: साेमबार २९ कार्तिक २०७८ १८:४२:०३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105