प्रदेश १ मुख्यमन्त्री घरबाटै मन्त्रालय आउँछन्

Long Default Ad 1200x105

काठमाडौँ । प्रदेश १ सरकारले विराटनगर महानगरपालिका ३ मा मुख्यमन्त्री निवासका लागि घर भाडामा लिइएको छ । 

अन्य मन्त्रीका लागि पनि विराटनगरभित्रै क्वाटरको व्यवस्था गरिएको छ । तर प्रदेशका मन्त्री र मुख्यमन्त्री सरकारी क्वाटरमा नबसेर घरबाटै कार्यालय आउँछन् ।

गत भदौं १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्य इनरुवामा घर छ । घरबाट कार्यालय आउने उनी काम बढी भएको समयमा राष्ट्र बैंकको विराटनगरस्थित गेष्ट हाउसमा बस्छन् ।

प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारी सुनसरीको इटहरीबाट कार्यालय आउँछन् । उनीहरुको बसोबास इटहरीमा छ ।

इटहरीमा बसोबास छ, उतैबाट आउँदैछु’ सामाजिक विकासमन्त्री साम्सुहाङ भन्छन्, ‘काम बढी भएका बेला छिट्टै आउछु ।’

नेकपा एमाले विभाजनका बेला मुख्यमन्त्री बनेका आचार्य अल्पमतमा परेपछि सरकारी क्वाटरमा नसरेका हुन् ।

मुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राज धामीले मुख्यमन्त्री राष्ट्र बैंक विराटनगरको गेष्ट हाउसमा बस्ने गरेको बताए । 


Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २८ भाद्र २०७८ ०५:५८:२४ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel