जनकपुरमा ताण्डव, वडाध्यक्षहरु आन्दोलित, मेयरको कार्यकक्षमा तालाबन्दी

Long Default Ad 1200x105
sapta koshi cement

विपिन यादव, जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । पटक-पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।


उप महानगरपालिकाको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरी वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहसहितकाले तालाबन्दी गरी धर्ना दिएका हुन् । ‘नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गएको छ,’ वडा नम्बर ७ का अध्यक्ष साहले भने, ‘हामीले पटक-पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेका कारण तालाबन्दी गरेर धर्नामा बसेका हौं ।’


उनका अनुसार १२ बजेसम्म नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी धर्ना दिने र मेयरको कार्यकक्षमा ताला यथावत रहनेछ । यसपछि आन्दोलनको अर्को कार्यक्रम सोमबारै साँझ बसेर तय गरिने उनले बताए ।


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: साेमबार ६ मंसीर २०७८ १८:११:०५ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105