देशकै कान्छी वडा सभापति - स्वस्तिका महत

Long Default Ad 1200x105

दैलेख – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो चरणमा शुक्रवार भएको वडास्तरीय चुनावमा १९ वर्षीया किशोरी स्वस्तिका महत दुल्लु नगरपालिका–३ मा निर्वाचित भएको छ  ।  उनी  देशकै कान्छी वडा सभापतिको रुपमा चयन हुनुभएकाे छ । 

देशकै कान्छी वडा सभापति स्वस्तिका कांग्रेसको १३ औं महाधिवेशनमा निर्वाचित दैलेख जिल्ला उपसभापति भूपेन्द्रजङ्ग महतकी छोरी हुन । दुई वर्ष अघि स्वास्थ्य उपचारको क्रममा दिल्लीमा देहान्त हुनुभएका उपसभापति भूपेन्द्रप्रतिको सद्भावना जनाउँदै कांग्रेसले स्वस्तिकालाई सर्वसम्मतिबाट वडा सभापति बनाएको हो ।

त्यस्तै, आमा अर्थात पूर्व उपसभापति भूपेन्द्रकी धर्मपत्नी अरुणा महतलाई क्षेत्रीय प्रतिनिधि चयन गरेको निर्वाचन अधिकृत खनालले जानकारी दिनुभयो ।

क्षेत्रीय प्रतिनिधिले कांग्रेसको निर्वाचन क्षेत्र स्तर, जिल्ला नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महाधिवेशन सदस्यका उम्मेदवारलाई मतदान गर्न र आफैँ उम्मेदवार बन्न पाउँछन् । देशकै कान्छी वडा सभापति स्वस्तिकाले आफ्नो बुबाले राजनीतिमा क्रियाशीलता छँदै अकालमा मृत्युवरण गरेर गर्न नपाएका राजनीतिक सेवा गर्ने अठोट रहेको बताउएको छ । 


Long Default Ad 1200x105

प्रकाशित मिति: आइतबार २० भाद्र २०७८ ०५:०४:२८ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel