आज - ०८ मंसिर २०७८ बुधवार को राशिफल

Long Default Ad 1200x105
sapta koshi cement

मेष


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग पाइनेछ ।


मिथुन


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।


सिंह


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।


तुला


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।


धनु


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।


कुम्भ


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज काममा केही चुनौती आइलाग्छन् । मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल भने गर्नुपर्नेछ ।


बृष


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।


कर्कट


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधुरो काम पूरा नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।


कन्या


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आम्दानी प्रशस्तै बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।


बृश्चिक


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ ।


मकर


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।


मीन


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ ०६:१५:४९ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105