मानव निर्मित विकासको प्रभावबारे अध्‍ययन गर्न पर्छ : ऊर्जामन्त्री

Long Default Ad 1200x105

काठमार्डौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मानव निर्मित विकासका कारण वातावरणमा परेका असर अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताएकी छिन् । 

शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताएकी हुन् ।

उनले अहिले विश्वमा भइरहेको अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताइन् । 

अर्कैले खाएको विषको प्रभाव नेपाल जस्ता राष्ट्रले भोगिरहेको भन्दै मन्त्री भुसालले अहिले नेपाल द्रूत गतिमा यस्ता प्रभावको सामना गरिरहेको बताइन् ।

उनले भनिन्, ‘अहिले विश्वमा भएको अति विकास र एकदमै विकासशील भन्ने राष्ट्रहरुले गरेका गतिविधि,औद्योगीकरणले क्लाइमेटमा परेको प्रभाव हामी त्यो भोगिरहेका छौँ, अर्कैले विष खाएको छ, त्यसको प्रभाव हामी जस्ता राष्ट्रहरुले भोगिरहेका छौँ, नेपाल त्यसको द्रूत गतिमा प्रभावको सामना गर्ने राष्ट्र बनेको छ ।

मन्त्री भुसालले नेपाली जनतालाई द्रूतगतिमा विकास पनि चाहिएकोले विकासबाट पर्ने नकारात्मक प्रभावलाई कम गर्ने गरी विकास निर्माण गर्नुपर्ने बताए । 

मन्त्री भुसालले नेपालको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म शंकटग्रस्त जिल्ला घोषणा गरिएको र विकास केन्द्रले अध्ययनको सूचिमा मनाङ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र गोरखा समावेश गर्नुपर्ने सुझाव दिइन् ।

‘हामीलाई विकास पनि द्रूत गतिमा चाहिएको छ, जनताको आकांक्षा पनि यही छ, हामी ५० औँ वर्ष पछि छौँ, २०१७ तिर दक्षिण कोरिया र नेपालको आर्थिक वृद्धिदर उस्तै थियो, तर अहिले शिक्षित मानिसहरु नै दक्षिण कोरिया रोजगारीको लागि जाने गर्दछन्, त्यसैले छोटो समयमा हामीले विकासलाई तीव्रता दिने कुरामा हामी अघि बढ्नुपर्छ ।’


मानव निर्मित विकास र त्यसको साइड इफेक्टको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने यो प्रकारको अध्ययनको धेरै जरुरी रहेको उनको भनाइ थियो ।

Long Default Ad 1200x105

प्रकाशित मिति: शुक्रबार २५ भाद्र २०७८ १०:३९:२६ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel