जहाजका पाइलटलाई सनक चढेपछि यात्रुको विजोग

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर रकुमको चौरजहारी उडेका पाइलटलाई सनक चढेपछि यात्रुलाई नेपालगञ्जमा अलपत्र पारेका थिए ।  स्रोतका अनुसार पाइलटले ड्युटि अफ भयो भन्दै यात्रुहरुलाई गन्तव्य नपु¥याई नेपालगञ्जमा नै अवतरण गराएका थिए । क्याप्टेन शेर्पाको चार बजे ड्युटी सकिन्थ्यो।

त्रिभुवन विमानस्थलबाट रुकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण गराउने पाइलटलाई पर्यटन मन्त्रालयले सोधेको छ । 

क्याप्टेन पेम्बा शेर्पालाई त्यस घटनाबारे स्पष्टीकरण सोधिएको पर्यटन मन्त्री प्रेम आलेले बताए । 

सोमबार पाइलट शेर्पाले गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर नेपालगञ्जमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अवतरण गराएको आलेले बताए। 

मंगलबार बिहान त्यही ट्वीनअटर जहाजले नेपालगञ्ज विमानस्थलबाट यात्रुलाई रूकुम पुर्‍याएको छ।   


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ १७:०३:३१ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105