नवलपुरमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु

Long Default Ad 1200x105

काठमाडौँ ।  पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० स्मृति पुलमा नजिकै बस र ट्रक  एक आपसमा ठक्कर खाँदा तीन जनाको  मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । 

मंगलबार बिहान करिब चार बजेतिर काकँडभित्तादेखि महेन्द्रनगरतर्फ जादैँ गरेको ट्रक एकआपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको हो भने २४ जना घाइते भएका  हुन् ।

दुर्घटनामा परी बर्दिया जिल्लाको बासवासी नगरपालिका ८ निवासी ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर निवासी ४० वर्षीया रंगी तिरुवा र कञ्चनपुरकै महेन्द्रनगर झरारी निवासी ३५ वर्षीय कृष्ण रानाको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए । मृतक सबै बसमा सवार हुन् ।

दुर्घटनामा परी ट्रक चालक १ जना र बाँकी बस चालक सहित बसमा सवार रहेका घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, सात  जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परी बस सडकदेखि १० फिट तल खसेको थियो ।  घाइतेहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ ०४:५४:३० बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel