बाढीले घर भत्किएपछि २ परिवारको विचल्ली

Long Default Ad 1200x105

काठमाडौँ । तीव्र वर्षापछि गोकर्णेश्वर नगरपालिका ३ प्रगतिटोलमा आएको बाढीले मंगलबार दुई घर बगाएको छ । घर बगाउदा मानविय क्षेति नभएको बाढी पिडिनले बताए । 

प्रगति टोलमा कम्तीमा २० घर उच्च जोखिममा परेका छन् । मंगलबार आएको बाढीले हनुमान चोकको उत्तरखण्डमा पर्ने प्रगतिटोलमा पहिरो गएर बाढी आएपछि त्यहाको बस्तीमा क्षति पुगेको हो ।

पानी परिरहेको बेला मंगलबार दिउसो ४ बजेतिर स्थानी नस बहादुर गुरुङको घर भत्कँदा उनकी पत्नी मात्रै घरमा एक्लै भएका कारण कुनै मानवीय क्षति नभएको बाढी नस बहादुरले बताए ।  

पचास मिटर माथिबाट खसेको पहिरोले घर च्याप्दा उक्त घरमा रहेका खाने बस्ने सबै समान बाढीले पुरिएको । केही पनि समान निकाल्न नपाएको बताएका छन ।  

माथीबाट खसेको पहिरो गुरुङको घर भित्र पस्दा एघार बाह्र लाखको क्षति भएको पिडित गुरुङले बताएका छन् । 

श्याम सुनारको परिवार विचल्ली 

गोकर्णेश्वर नगरपालिका ३ प्रगतिटोलमा आएको बाढीले मंगलबार एउटा अर्को घर जग देखिनै बगाएको छ । 

उक्त घरको कोठा भाडामा बस्ने श्याम सुनारको परिवार विचल्नीमा परेका छन । सुनारको छोराछोरी ४ जना र श्रीमती रहेका छन । सुनारको छोराछोरी सानै रहेका छन । 

मंगलबार दिउसो ४ बजेतिर पहिरोले घर भत्कँदा श्याम सुनारको कोठामा रहेको खाने,बस्ने सबै समानहरु बगाएको छ । 

श्याम सुनारले अब कसरी बालबच्चा पाल्ने के खाने छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता भएको बताए । हिजो हामी बसेको घर भत्काँदा आफन्तकोमा बर्सै अब कहाँ बस्ने, बस्ने ठाँउ सम्म नभएको बताए । 

खानाको लागी वडापालिकाले एक बोरा चामलको व्यवस्था गरेको छ तर त्यो चामल पकाएर खाने भाँडा कुडा पनि छैन, यस्तो अवस्था बनायो, हामीलाई सहयोग गर्नु होला हामी विस्थापीत भएका र्छौ भन्दै भक्कानिए । 

बाढी पिडित सुनार तामाको सामान बनाउने खेलो गर्ने गरेका रहेछन् त्यो खेलोका ३० जोर तामाका सामानहरु सबै बाढीले बगाएको बताए ।  

तामाको सामान साहुबाट ऋण लिएर दशैँको लागी केही परिवारलाई व्यवस्थापन गरौ भनेर सोचेको थिए तर हामी सबैलाइ बाढीले मृत्युको मुखमा पुग्यो तर मानविय क्षति भने ठूलो भएन मेरो सानो छोरी लाई चाहि बाढीले बगाएछ त्यही बेला स्थानियले देखेर बचाउनु भयो र तत्काल उपचार गर्न अस्पताल लगेको बताए । 

श्याम सुनारले हाम्रो बस्ने बास पनि छैन र खाने गाँस पनि छैन यो अचानक आएको बाढी पहिरोले हाम्रो परिवारको विचल्नी बनाएको र स्थानिय जनपतिनिधिहरुले पनि वास्ता नगरेको गुनासो गरे । 


Long Default Ad 1200x105

प्रकाशित मिति: बुधबार २३ भाद्र २०७८ ११:२३:५६ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel