बार्सिलोनाका खेलाडी पेड्रीले जिते गोल्डेन ब्वाई अवार्ड

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । स्पानिस क्लब बार्सिलोना खेलाडी पेड्रीले गोल्डेन ब्वाई अवार्ड जितेका छन् । टुटस्पोर्ट्सले युरोपका २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई गोल्डेन ब्वाई अवार्ड प्रदान गर्दै आएको छ ।

अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे । यस अवार्डका लागि ४० पत्रकारले भोटिङ गरेका थिए र २६ जनाले पेड्रीलाई पहिलो स्थानमा राखेका थिए ।

अवार्ड जितेपछि पेड्रीले टुटस्पोर्ट्सलाई धन्यवाद दिँदै यसले आफूलाई गौरवान्वित बनाएको भिडियो सन्देश मार्फत बताएका छन् । यस्तै उनले बार्सिलोना, स्पानिस राष्ट्रिय टिम, आफ्नो परिवार र साथीहरुलाई पनि धन्यवाद दिँदै उनीहरुविना गोल्डेन ब्वाई अवार्ड जित्न नसकिने बताए । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ १७:४७:०० बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105