मेयर होरिगनले अक्रोनमा खेलाडी 'दिनेश सुनार डे'को घोषणा
शुक्रबार ९ बैशाख २०७९ ०४:२८:४४ बजे
काठमाडौं। पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकाका मेयर डेनियल होरिगले सममान गरेका छन्।
अमेरिकाको आहाओ राज्य अन्तरगत एक्रोन सहरका मेयर होरिगद्वारा खेलाडी सुनार सम्मानित भएका हुन् । मेयर होरिगनले अक्रोनमा आज दिनेश सुनार दिवसको रूपमा घोषणा समेत गरेका छन्।
अद्भुत क्षमता भएका अन्तर्राष्ट्रिय पार्कर खेलाडी सुनार पहाडको ढिस्कोबाट उड्छन्, भीरपाखामा हाम्फाल्छन् भित्तामा उफ्रिन्छन् अनौठो काममा रमाउनछन्।
अद्भुत क्षमता भएका सुनार बाल्यकालमा भीरपाखा उफ्रिँदा साथीहरूले उनलाई हनुमानको उपनाम दिएको उनले त्यो क्षण सम्झिए । चितुवाको गतिमा दौडने, चरा जसरी उड्ने र बचपनकै आदतले गिनिज बूकमा ५ पटकसम्म आफ्नो नाम लेखाउन सफल भए ।
सुनारले बाल्यकाललाई सम्झिदैं भने, ‘बाल्यकालमा उफ्रिँदाउफ्रिँदै सिकेको खेलले गिनिज बूकमा नाम लेखाउँला भन्ने कुनै कल्पना गरेको थिईन।’
अद्भुत क्षमता सुनारलाई त्यतिबेला यो खेल हो भन्ने समेत थाहा थिएन । हाल अमेरिकामा रहेका उनी छैटौंपटक गिनिज बूकमा नाम लेखाउने तयारीमा छन् ।
एक विशेष कार्यक्रम आयोजना गरी विशिष्ट व्यक्तित्त्व साथै नेपाली समाजका विभिन्न संघ संस्थाका प्रतिनिधि हरु Nepalese American Social का President राजेन्द्र सेन्चुरी Bhutanese Community Association Akron का President कौशिला खनाल Vice President हेमन्त तिरुवा र सामाजिक अभियान्ता तथा नर्स दुर्गा गजमेर लगायतको उपस्थितीमा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा सुनारले यो बर्ष NASO Commnuity VRNA, DC Embassy लगायत सबै सङ्ग मिलेर 6th गिनीज वर्ल्ड रेकर्ड राख्ने घोषणा समेत गरेका छन्।
प्रकाशित मिति: शुक्रबार ९ बैशाख २०७९ ०४:२८:४४ बजे