‘अश्लील भिडियो’ बाहिरिएपछि पेनले दिए राजीनामा

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । इंग्ल्याण्ड विरुद्धको प्रतिष्ठित एशेज सीरीज सुरु हुनुअघि अस्ट्रेलियालाई ठूलो झट्का लागेको छ । जहाँ टिम पेनले अष्ट्रेलियाको टेष्ट कप्तानीबाट राजीनामा दिएका छन् । पेनले पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएका हुन् । उनले भने, ‘मैले अष्ट्रेलिया मेन्स क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएको छु । भारतीय मिडिया हिन्दुस्तानका अनुसार पेनले २०१८ मा एक युवतीलाई आफ्नो अश्लील तस्विर र सन्देश पठाएका थिए जुन अहिले भाइरल भएको छ। यही कारण उनले कप्तानबाट राजीनामा दिने निर्णय गरेका हुन् ।  

उनले भने, 'यो मेरो लागि कठिन निर्णय हो, तर मेरो लागि, मेरो परिवार र क्रिकेटको लागि सही निर्णय हो।' अस्ट्रेलियाले भर्खरै पहिलो दुई एसेज टेस्टका लागि १५ सदस्यीय टोली छनोट गरेको छ । जसमा पेनको नाम पनि समावेश छ। तर अहिले यो ठुलो विवादमा परेपछि उनको टिममा स्थानको बारेमा केही भन्न सकिने अवस्था छैन । पेनले कप्तानी छोडेपछि अब उपकप्तान प्याट कमिन्सलाई टेस्ट कप्तान बनाउन सकिनेछ । कमिन्स आफैंले दुई दिनअघि आवश्यकता परे कप्तानी सम्हाल्न तयार रहेको बताएका थिए ।

फास्ट बलरले भने कि यदि आफूलाई यो भूमिकामा गाह्रो लाग्छ भने, उनी सधैं पूर्व कप्तान स्टिभ स्मिथ र डेभिड वार्नर जस्ता टोलीका अनुभवी खेलाडीहरूको सल्लाह लिन सक्छन्। उनले भने, ‘यदि मलाई कुनै समस्या भयो भने मसँग टिममा अन्य १० जना खेलाडी छन्, जसबाट म मद्दत लिन सक्छु । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: शुक्रबार ३ मंसीर २०७८ ११:१९:५० बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105