टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौँ। आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।


दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् ।


पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो पटक टी-ट्वान्टी विश्वकपले नयाँ च्याम्पियन पाउने भएको छ ।


न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको हो भने अष्ट्रेलिया पाकिस्तानलाई ५ विकेटले नै हराएर उपाधि नजिक पुगेको हो ।


पछिल्ला पाँच खेललाई आधार मान्दा हेड टु हेडमा न्युजिल्यान्ड बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जितेको छ । अष्ट्रेलियाले दुई खेलमा मात्रै जित निकालेको छ ।तस्वीर : एपी

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: आइतबार २८ कार्तिक २०७८ ०८:४०:२१ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105