क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमान
आइतबार २९ फागुन २०७८ ०३:०४:२५ बजे
एजेन्सी। क्रिस्टियानो रोनाल्डोले गोलमा अर्को कीर्तिमान बनाएका छन्।
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडका तर्फबाट उनले टोटनहमविरुद्ध २ का विरुद्ध ३ गोल गरेका हुन्।
योसँगै फिफाको अभिलेखअनुसार क्लब तथा देशका लागि रोनाल्डाको गोल संख्या ८ सय ७ पुगेको छ।
यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि सबैभन्दा बढी गोल हो।
यो जितपछि म्यानचेस्टरको २९ खेलबाट ५० अंक भएको छ।
प्रकाशित मिति: आइतबार २९ फागुन २०७८ ०३:०४:२५ बजे